Tuesday, December 31, 2019

रहर कसलाइ हुन्छ र बिदेशिन

धेरै घोचेर नभन्नुस, मित्रहरु !
यहाँ रहरले कोही पनि विदेशिएको हुँदैन
सक्नु हुन्छ भने यसको कारण खोजिदिनुस,
त्यत्तिकै त मातृभूमिबाट कोही पर भएको हुदैन ।

हामीले आमाको काख र प्रियको साथ् छोडेकाछौं,
छुनेमुने लालाबालाको अमूल्य माया त्यागेकाछौं
आत्मीयताको न्यानो सहवासबाट बिछोडिएकाछौं
मुटु र मायालाई देशमै छोडेर विदेशिएका हौँ ।

ब्याज र स्याजको पीडाबाट मुक्ति खोज्न आएकाहौँ ,
मुटुका टुक्राहरुको सुन्दर भविष्य निर्माण गर्न आएकाहौँ
भोकले पिल्सेका परिवारलाई एकपेट खुवाउन आएकाहौँ ,
अभावै अभावले रोइरहेका मुहारलाई हँसाउन आएका हौँ ।

राम्रो अवसर पाएको भए, को विदेशिन्थ्यो र मित्र ?
तर हामीहरु त यहाँ घरबारी कबुलेर आएका हौँ
आफ्नो मिहेनत र पसिना फुल्न नसकेरै त होला ?
आँशुका तरेलिले नुहाएर आफ्नो देश छाडेका हौँ ।

विदेशमा सुखै-सुख र आनन्द ले, को बसेको छ र मित्र ?
कहिले घामले पोलेको छ त कहिले हिउँले पछारेको छ
रुखो र कर्कश आवाजले सधैं गिज्याएको छ यहाँ ,
बाध्यता र विवसताले मात्रै मिहेनती र सहनशील बनाएको छ ।

हामीले आफ्नो अस्तित्व बेचेका छैनौ, मित्र !
देशको मायालाई अन्तरदिलमा सजाएर राखेका छौं
परदेशी बन्नुपर्दाको पीडा कसलाई हुँदैनर ?
तैपनि अनगिन्ति सपनाहरु सजाएर बाँचेकाछौं ।

हामीलाई देशको मायाँ नगर्ने नठान्नुस, मित्रहरु !
देशको चिन्ताले हाम्रो मुटु सधैं दुख्ने गरेको छ
आफ्नो रीतिरिवाज र संस्कृतिको सधैं सम्मान गर्छौ हामी,
हामीलाई आफ्नो राष्ट्रियता प्राण भन्दा पनि प्यारो छ ।
बिदेशी नेपाली लाई नयाँ बर्ष शुभकामना व्यक्त गर्द्छु 2020 👏👏👏🙏

Wednesday, December 4, 2019

प्रदेशी को पीडा

जब हामी पैशा कमाएर भबिश्य मा केही सुख पाउने आशमा आफ्नो घर परिबार बाट टाढा भै अर्काको नोकर गर्न प्रदेश हुइकिन्छौ तर प्रदेश पुगे पछि थाह हुन्छ कि कति दुख कति सुख  भनेर नत भनेको जस्तो कमाइ नै हुन्छ न सुख त्यस माथी पनि घर मा के भै रहेछ भन्ने पीडा त्यस्तै हुन्छ आफ्नो परिबार कोहि बिमार हुदा हामी पर्देश मा हुने पीडा नत देख्न नै पाउछ न कसैले वास्तविक नै भन्छ यहा पीडा नै पिडा

धेरै सपना बोकेर आफ्नो घर परिबार बाट टाढा भइन्छ!तर सोचेको जस्तो र भनेको जस्तो नहुदा सारै मन दुख्द रहेछ